२०५१ सालबाट FAN ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएकोमा यस बर्ष नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले २०७३ चैत्र १७ गते देखि २० गते सम्म “शान्ती, सम्बृद्धि र स्वच्छ वाताबरण लागि पुष्प व्यवसाय” भन्ने मुख्य नाराका साथ घचम क्ष्लतभचलबतष्यलब िँयिचब भ्हउय द्दण्ज्ञठ को आयोजना भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा सफता पुर्वक सम्पन्न गरेको छ ।
तेस्रो अन्तराष्ट्रिय तथा २० औं फ्लोरा एक्स्पो २०७३ को प्रमुख अथिती सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन “पासाङ्ग”ज्यूबाट २०७३ चैत्र १७ गते बिहिबार बिहान ११ एक औपचारिक कार्यक्रम बिच पानसमा दिप प्रज्वलन गरी मेलाको समुदघाटन गर्नुृ भएको थियो ।
पुरस्कृत नर्सरी व्यवसायीहरु
फूल बिरुवाहरुको बिबिध बिधामा चैत्र १७ गते बिहान ८.०० बजे स्वच्छ प्रतिस्पर्धा गराई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट स्टल खड्का नर्सरी, महारजगँज, काठ्माण्डौं
उत्कृष्ट ल्याण्डस्केप सिबपुरी नर्सरी, बुढालिनकण्ठ, काठमाण्डौं
उत्कृष्ट मौसमी फूल अजिमा नर्सरी, कुलेश्वर काठ्माण्डौं
उत्कृष्ट आलंकारिक बिरुवा ईण्द«ेणी फ्लोरा फार्म, भक्तपुर
उत्कृष्ट फूल्ने बिरुवा सृजना फ्लावर नर्सरी, सानेपा ललितपुर
उत्कृष्ट पुष्प सजावट डिजाईन फ्रेस फ्लावर सप, कमलादी, काठमाण्डौ
उत्कृष्ट कट फ्लावर रोज फ्लोरा फ्रेण्डस् , थली, काठ्माण्डौं
उत्कृष्ट कट फ्लावर कार्नेशन नवसेवा नर्सरी, गोदावरी , ललितपुर
उत्कृष्ट कट फ्लावर जरवेरा युनिक फ्लोरा फार्म, काभ्र्रे
उत्कृष्ट कट फ्लावर ग्लाडिओलस ईण्द«ेणी फ्लोरा फार्म, भक्तपुर
कदर पत्र बितरण – मर्हजन नर्सरी, वालुवाटार, काठ्माण्डौ
उत्कृष्ट मौसमी फूल, उत्कृष्ठ फूल्ने बिरुवा, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर रोज, उत्कृष्ट कट फ्लावर कार्नेशन, उत्कृष्ट कट फ्लावर जरवेरा, उत्कृष्ट कट फ्लावर ग्लाडिओलस तर्फ बिजयी नर्सरीलाई सिल्ड तथा प्रमाण पत्रका साथै पाँच पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टल र उत्कृष्ट ल्याण्डस्केप तर्फ बिजयी हुने नर्सरीहरुलाई सिल्ड तथा प्रमाण पत्रका साथै दश दश हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
दैनिक गतिबिधि
२०७३ चैत्र १७ गते बिहीबार बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो चैत्र २० गते आईतबार ४ दिनसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्थ अधिकारीज्यूहरु साथै स्वदेश तथा बिदेशी दर्शकहरुबाट अवलोकन भएको थियो ।
व्यापाक प्रचार प्रसारका साथै सबैको सहयोग रहेको कारण दर्शकहरुको उपस्थिती उल्लेख्य रहेको थियो । मेला आयोजनाको प्रथम दिन बिहिबार मात्र करिब १५ हजार भन्दा बढिले अवलोकन गरेको थियो । मेलाको दोस्रो दिन चाईनिज राजदुतद्वारा पनि पुष्प मेलाको अवलोकन गर्नु भएको थियो । उक्त मेलामा अवधि भरिमा लगभग ६६ हजार भन्दा बढि दर्शकहरुबाट मेला अवलोकन भएको थियो । प्राय सबै दिन दर्शकको उपस्थिती उल्लेख्य रहेको थियो । दर्शकको बाक्लो उपस्थितीसंगै फूल तथा बोट बिरुवाहरुको बिक्री बितरण पनि उत्तिकै मात्रामा भएको थियो । चार दिनसम्म संचालन भएको मेला अवधि भरि झण्डै करिब ७३ लाखसम्मको व्यापारीक कारोबार भएको अनुमान गरिएको छ । हरेक बर्ष आयोजना हुने मेलामा दर्शकहरुको आकर्षण बढिरहेको र सबै खाले दर्शकको उपस्थिती उत्तीकै रहेको पाईएको छ । बालबच्चा, युवायुवाती देखि बृद्ध बृद्धाहरु सबैको उत्तिकै उपस्थिती रहनुमा पुष्प प्रति मानिसहरुको चासो दिन प्रति दिन बढदो रहेको आभास भएको थियो ।
मेलाको आकर्षणहरु
- ४५० भन्दा बढि प्रकारका आलंकारिक, मौसमी फूल विरुवा प्रदर्शन तथा बिव्रmी भएको ।
- स्वादेश तथा बिदेशका विभिन्न पुष्प व्यवसायी, नर्सरीहरुको उत्पादन सहित जमघट रहेको ।
- विभिन्न प्रकारका मौसमी फूल विरुवाहरु, बिभिन्न प्रकारका कृषि औजारहरु, फूल बिरुवालाई आबश्यक पर्ने मल तथा सजावटका सामाग्रीहरुको प्रदर्शनी तथा बिव्रmी बितरण रहेको ।
- ६ वटा राष्ट्रको पुष्प व्यवसायीहरुको सहभागीता रहेको ।
- पुष्प सजावट तथा घर आँगन बगैचा सजाउने तरिकाको प्रदर्शन तथा प्रतियोगिता भएको ।
- पुष्प खेती प्रबिधीको आदान प्रदान भएको ।
उपलब्धि
- ४५० भन्दा बढि पूmल, बिरुवाहरुको व्यवसायीक प्रदर्शनी ।
- ६६ हजार दर्शकहरुद्वारा मेलाको प्रत्यक्ष अबलोकन गरेको ।
- करिब ७३ लाखसम्मको व्यवसायीक कारोबार भएको ।
- पुष्प प्रेमी जनसाधारणलाई एकै छानोमुनी प्रचुर मात्रामा पूmल बिरुवाको खरिद बिक्री, सूचना तथा अवलोकन गर्ने अवसर उपलब्ध गराउन सफल भएको ।
- पुष्प सम्बन्धि सुचना तथा प्रबिधिको आदान प्रदान ।
- संयुक्त र समुहगत लगानीको अवसरको खोजी र व्यवसायीक पहल ।
- पुष्प भित्र बिकासित प्रजाती एवं त्यसको खेती प्रबिधी सम्बन्धमा प्रत्यक्ष अन्तरकृया गराउन सफल ।
- पुष्प व्यवसायी तथा सरकारी पदाधिकारीहरु बिच पुष्प आयात निर्यात सम्बन्धि अन्तरकृया गराउन सफल
- ६ वटा राष्ट्रका ९९ वटा स्टलमा पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवा तथा आधुनिक खेती प्रबिधीको प्रशर्दनी
यस मेलाले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिव्रmेता खुद्रा विव्रmेता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार पुष्प व्यवसायीलाई अगाडि बढाउन सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरु बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । यस मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ ।
६ वटा राष्ट्र नेपाल, भारत, चिन, बंगलादेश, साउथ कोरिया र श्रीलंकाका पुष्प व्यवसायीहरुको उपस्थिती रहेको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ ले पुष्प उद्योगलाई थप उचाईमा पु¥याएको र पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेलाले सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, कम्पोष्ट मल फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्र, ईज्रायली प्रबिधीमा आधारित सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, ग्रीनहाउस, पोलीहाउस, ग्ख् प्लाष्टिक आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको थियो । हरेक बर्ष भिजिटरहरुको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको छ ।
नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।
मेला समापन
चार दिनसम्म संचालन गरिएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोको २०७३ चैत्र २० गते FAN का अध्यक्ष कुमार कसजु श्रेष्ठले मेला सफल पार्न महत्वपूर्ण सहयोग पु¥याउनु हुने सबै प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै मेलामा सहभागी भएकाहरुलाई प्रमाण–पत्र बितरण गरि समापन गर्नु भएकोे थियो ।