25th Flora Expo 2024
  • +977-1-5269089
  • info@nepalfloraexpo.com.np

News

२४ औं फ्लोरा एक्स्पो २०७९ कार्यक्रम सम्पन्न

२४ औं फ्लोरा एक्स्पो २०७९ कार्यक्रम सम्पन्न

15 May 2023

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि यस बर्ष फ्यानको आयोजना तथा पुष्प बिकास केन्द्रको सह–आयोजनामा २०७९ चैत्र १७ गते देखि २० गते सम्म “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने मूल नाराका साथ २४ औं फ्लोरा एक्स्पो २०७९ को आयोजना भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा भव्यता र सफलता पुर्वक सम्पन्न भएको छ । यस मेलालाई नेपाल उद्योग बाणिज्य महासंघ, टेकु काठमाण्डौ र कृषि तथा पशुपन्छी बिकास मन्त्रालय सिंहदरवार, काठमाण्डौं को सहयोग तथा सहकार्य रहेको थियो । साथै मेलालाई बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले प्रायोजक संस्थाको रुपमा रही सहयोग गरेको थियो ।

मेलाको समुदघाटन माननिय उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । २०७९ चैत्र १७ गते शुक्रबार बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको २४ औं फ्लोरा एक्स्पो २०७९ चैत्र २० गते सोमबार सम्म संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्थ अधिकारीज्यूहरु साथै स्वदेश तथा बिदेशी दर्शकहरुबाट मेला अवलोकन भएको थियो ।मेला अवधि भरिमा लगभग ३९ हजार भन्दा बढि दर्शकहरुबाट मेला अवलोकन भएको थियो । मेला उद्घाटनको दिन दिनको १ बजे पछि मौसम अनुकुल नहुदा दर्शकको उपस्थिती कम रहे पनि दोस्रो दिन देखि दर्शक तथा अवालेकन कर्ताहरुको उपस्थिती उल्लेख्य रहेको थियो । दर्शकको बाक्लो उपस्थितीसंगै फूल तथा बोट बिरुवाहरुको बिक्री बितरण पनि उत्तिकै मात्रामा भएको थियो । चार दिनसम्म संचालन भएको मेला अवधि भरि एक करोड सात लाख भन्दा बढिको पुष्प तथा पुष्पजन्य बस्तुको कारोबार भएको थियो ।
२४ औं फ्लोरा एक्स्पोले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिव्रmेता खुद्रा विव्रmेता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार व्यवसायलाई अघि बढाउन थप सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरुको बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ । कोभिडका कारण बिगत दुई बर्ष सुस्ताएको फूलको व्यवसायीक बजारलाई पुनः फर्काउन सघाउन पु¥याएको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेला सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्रीहरु, गमला, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको छ । नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।

 

१३ औं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६ सम्पन्न

30 Mar 2023

शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दैै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला बि.सं.२०६४ देखि २०७० सालसम्म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, कृषि बिभाग आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला संचालन गरेको थियो । बि.सं.२०७१ देखि २०७४ सम्म नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले आयोजना गरेको थियो । देश संघिय गणतन्त्रमा रुपान्तरण भईसके पछि गत बर्ष प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले संचालन गरेको थियो भने यस बर्ष १३ औ सस्करणको रुपमा राष्ट्रिय फलफूल बिकास केन्द्र किर्तिपुरको केहि सहयोगमा फ्यानले “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने मूल नारा सहित २०७६ कार्तिक १ देखि ४ गते सम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भव्यता र सफलताका साथ जाउलाखेल फुटबल ग्राउण्डमा सम्पन्न भएको छ ।

तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न तिहार पर्व लक्षित रहने गर्दछ साथै पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउन यस किसिमका कार्यव्रmमहरु आयोजना गर्ने गरिएको छ । गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु तथा पुष्पको बजार प्रबद्र्धन गर्नु रहेको थियो । पुष्प व्यवसायीहरुले उत्पादन गरेको फूलको बजार क्षेत्र बिस्तार तथा प्रबद्र्धन गर्ने सन्दर्भमा यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने तथा फूलको बजार विस्तार गर्न सकिन्छ भन्ने उदेश्य समेत रहेको थियो ।

गोदावरी फूलको जातिय विकाससंगै गुणस्तरिय फूल बिरुवाको उत्पादनले मात्र उपभोक्त आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धाको वातावरण सृजना गरी गुणस्तरिय बस्तु उत्पादन तर्फ जोड दिन, यसको बिकास बिस्तार तथा प्रबद्र्धनमा सघाउ पु¥याउनका लागि प्रर्दशनीको आयोजना गर्ने गरिएको छ । नेपालीहरुको महान चाड बडा दशै पछिको दोस्रो मुख्य चाड तिहारमा बढि प्रयोग हुने सयपत्री मखमली र गोदावरी फूलहरुलाई प्रत्यक्ष उपभोक्त माझ पु¥याउन पनि मेला÷प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्बाह गर्ने हुदा हरेक बर्ष तिहार पर्ब सुरु हुनु केहि दिन अघि मात्र मुख्य गरी गोदवरी फूलको प्रदर्शनी गर्ने गरिएको छ ।

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीेको औपचारिक उदघाटन कार्यक्रम कार्तिक १ गते शुक्रबार बिहान ११ बजे जाउलाखेल खेलकुद मैदानमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उदघाटन संघिय सरकार, कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका माननिय मन्त्री चक्रपानी खनाल ज्यूले गर्नु भएको थियो । मेलाको उद्घाटन कार्यक्रमको अध्यक्षता फ्यानका अध्यक्ष श्री कुमार कसजु श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रमका अतिथीहरु क्रमशः अतिथी– कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा. युवक ध्वज जिसीज्यू, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ३ का अध्यक्ष दिनेश श्रेष्ठज्यू, राष्ट्रिय फलफूल बिकास केन्द्रका नि. निर्देशक हरि प्रसाद गुरुङ्गज्यू ,नेपाल घरेलु तथा साना उद्योग महासंघका ब.उपाध्यक्ष, वनस्पति बिभागका उपमहानिर्देशक ज्योती जोशी भट्ट ज्यू, पुष्प बिकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठ ज्यू, फ्यानका संस्थापक तथा पूर्व अध्यक्षज्यूहरु, वर्तमान कार्यकारिणी समितिका सहकर्मी साथीहरु, सल्लाहकारज्यूहरु, जिल्ला कार्य समितिका अध्यक्षज्यूहरु, विभिन्न उप समितिका संयोजक, सह–संयोजक तथा सदस्यज्यूहरु, पुष्प व्यवसायी ज्यूहरु, संचारकर्मी मित्रहरु तथा उपस्थित सम्पूर्ण महानुभाव ज्यूहरुको उपस्थिती रहेको थियो ।

गोदावरी फूलको पट भेराईटी अन्तर्गत चार बिधाहरुः ईन्कर्भ, रिफ्लेक्स, स्पाईडर र मिनियचरमा प्रतिस्पर्धा गराईएको थियो । यस प्रतिस्पर्धामा ४ वटा (सम्झना नर्सरी, अजिमा नर्सरी, टिटिआर बगलामुखी नर्सरी र मिलन नर्सरी) नर्सरीहरुले भाग लिएको थियो जसमा सम्झना नर्सरी प्रथम, मीलन नर्सरी द्वतिय तथा टि टि आर बगलामुखी नर्सरी तृतिय भएको थियो । प्रतिस्पर्धामा प्रथम, द्वितिय तथा तृतिय हुने नर्सरी व्यवसायीहरुलाई क्रमश नगद पुरस्कार रु.८०००।–, रु.६०००।– र रु.४०००।– सहित ट्रफि तथा प्रमाण–पत्र द्वारा पुरस्कृत गरिएको थियो ।

साथै उत्कृष्ट कट फ्लावर गोदावरी अन्तर्गत ५ वटा (आर एन ए फ्लोरा, बिरा कट फ्लावर, सृजना कट फ्लावर नर्सरी, नवसेवा नर्सरी र बर्षा नर्सरी) फार्महरुले भाग लिएको थियो । यस बिधामा भाग लिएको फर्महरु मध्ये प्रतिस्पर्धामा सृजना कट फ्लावर एण्ड नर्सरी उत्कृष्ठ हुन सफल भई रु.८०००।– नगद सहित शिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत भएको थियो ।

पुरस्कृत हुने नर्सरीहरुः
प्रथम सम्झना नर्सरी, सितापाइृला काठमाण्डौ
द्वितिय मीलन नर्सरी, ललितपुर
तृतिय टिटि आर बगलामुखी नर्सरी, ललितपुर रहेको थियो ।
यस्तै गरी प्रतियोगितामा उत्कृष्ट ः
उत्कृष्ट रिफ्लेक्स सम्झना नर्सरी, काठमाण्डौ
उत्कृष्ट ईन्कभ सम्झना नर्सरी, काठमाण्डौ
उत्कृष्ट स्पाईडर सम्झना नर्सरी, काठमाण्डौ
उत्कृष्ट मिनियचर अजिमा नर्सरी, काठमाण्डौ
उत्कृष्ट कट फ्लावर तर्फ सृजना कट फ्लावर एण्ड नर्सरी रामकोट, काठमाण्डौ भएका थिए ।

चार दिन सम्म सम्म संचालन भएको प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेको थिायो । यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूल समेत प्रदर्शनीमा राखिएको थियो । मेलामा काठमाण्डौ भ्याली भित्रका पुष्प व्यवसायीहरुको सहभागिता रहेको थियो । मेलामा गोदावरी फूलको बिभिन्न प्रजातीका फूलहरु साथै अन्य सिजनल फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, कम्पोष्ट मल, बिउ बिजन, फूलको गानो, औजार उपकरण, बिषादी आदीको प्रदर्शनी तथा बिक्री कक्ष रहेको थियो । मेलामा दर्शकहरुमा उल्लेख्य मात्रामा उपस्तिथी रहनुका साथै तिहार पर्व लक्षीत प्रदर्शनी रहेको कारण आफ्नो घर आँगन सजाउनका लागि उल्लेख्य फूल बिरुवाहरुको बिक्री समेत भएको थियो ।
कार्तिक १ गते शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामापहिलो छहजार पाँच सयजनाले अवलोकन गरेकाथिएभने १२ लाखको कारोवार भएको थियो भने दोस्रो दिनशनिवार १५ हजारजनाले मेलाअवलोकन गरेकातथा २५ लाखको कारोबार भएकोथियो । तेस्रो दिन ३ गते आईतबार १० हजार दर्शकले मेलाअवलोकन गरेको तथा रु.१९.५० हजारको कारोबार गरेको र मेलाको अन्तिमदिनकार्तिक ४ गते सोमबार ७५०० दर्शकहरुबाट मेलाअवलोकन भएको र करिब १४.५० लाख व्यवसायीक कारोबार गरि मेला अवधि भरमा करिब ३९ हजार दर्शकद्वारा मेला अवलोकन तथा ७१ लाखको कारोबार गर्दै फूल बिरुवाहरुको व्यापाक प्रचार प्रसार, बिक्री बितरण तथा व्यवसायीक प्रबद्र्धन गरी सफलता पुर्वक सम्पन्न भएको थियो ।

२२ औं फ्लोरा एक्स्पो २०७५ सम्पन्न

30 Mar 2023

फ्यानले बि.सं.२०५१ साल देखि निरन्तर रुपमा पुष्प प्रदर्शनीको आयोजना गरी मेला प्रदर्शनीको माध्यमबाट पुष्प व्यवसाय क्षेत्रमा भई आएको प्रगतीहरुबारे प्रत्यक्ष रुपमा दर्शक पुष्प प्रेमीहरुलाई जानकारी गराउन सकिएको छ । बिश्वमा तथा नेपालमा प्रयोगमा आएको नयाँ नयाँ बैज्ञानीक खेती प्रणालीबारेको प्रत्यक्ष जानकारी गराउन सकिएको छ । पुुष्प उत्पादक, नर्सरी व्यवसायी, थोक बिक्रेता, खुुद्रा बिक्रेता तथा उपभोक्ता सबैलाई एउटै छहारी मुुनी जमघट गराई उपभोक्ताहरुको माग अनुुसारको गुणस्तरिया फूूल बिरुवाहरु उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुुसारको बजार मागलाई पुुरा गर्नका लागि उद्यमी व्यवसायीलाई सहयोग पु¥याउन सकेको छ । नेपालमा पाईने बिभिन्न प्रकारको फूूल बिरुवाको जाती तथा प्रजातीहरुको जानकारी उपलब्ध गराउन सहयोग पु¥याएको छ । उपभोक्ताहरुलाई चाहे अनुुसारको फूूल बिरुवा एउटै छहारीमा प्राप्त गर्ने अवसर उपलब्ध गराउनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत व्यापार व्यवसायको बिकास बिस्तार र प्रबद्र्धन गर्न गराउनका लागि व्यापार मेलाले महत्वपूर्ण सघाउ पु¥याएको छ । FAN ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएकोमा यस बर्ष प्रदेश सरकार, प्रदेश नं. ३ भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय/कृषि ज्ञान केन्द्र ललितपुरसंगको संयुक्त सहकार्यमा २०७५ चैत्र ८ गते देखि १० गते सम्म “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” नाराका साथ २२ औं फ्लोरा एक्स्पो २०७५ को आयोजना भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा सफता पुर्वक सम्पन्न गरेको छ ।

२२औं फ्लोरा एक्स्पोको प्रमुख आतिथी माननिय कृषि तथा पशुपंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी ज्यूबाट पानसमा द्विप प्रजलित गरि मेला को औपचारिक समुदघाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र १० गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुष्प व्यवसायीहरुको उपस्थिती रहेको २२ औं फ्लोरा एक्स्पोले पुष्प उद्योगलाई थप उचाईमा पु¥याउनका लागि बिकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेलाले सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवाm कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, कम्पोष्ट मल फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्र, ईज्रायली प्रबिधीमा आधारित सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, ग्रीनहाउस, पोलीहाउस, ग्ख् प्लाष्टिक आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको थियो । हरेक बर्ष भिजिटरहरुको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको छ ।

उपलब्धि

  • ४५० भन्दा बढि पूmल, बिरुवाहरुको व्यवसायीक प्रदर्शनी ।
  • ५७ हजार दर्शकहरुद्वारा मेलाको प्रत्यक्ष अबलोकन गरेको ।
  • करिब ६५ लाखसम्मको व्यवसायीक कारोबार भएको ।
  • पुष्प प्रेमी जनसाधारणलाई एकै छानोमुनी प्रचुर मात्रामा पूmल बिरुवाको खरिद बिक्री, सूचना तथा अवलोकन गर्ने अवसर उपलब्ध गराउन सफल भएको ।
  • पुष्प सम्बन्धि सुचना तथा प्रबिधिको आदान प्रदान ।
  • संयुक्त र समुहगत लगानीको अवसरको खोजी र व्यवसायीक पहल ।
  • पुष्प भित्र बिकासित प्रजाती एवं त्यसको खेती प्रबिधी सम्बन्धमा प्रत्यक्ष अन्तरकृया गराउन सफल ।
  • पुष्प व्यवसायी तथा सरकारी पदाधिकारीहरु बिच पुष्प आयात निर्यात सम्बन्धि अन्तरकृया गराउन सफल
  • पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवा तथा आधुनिक खेती प्रबिधीको प्रशर्दनी

यस मेलाले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिव्रmेता खुद्रा विव्रmता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार पुष्प व्यवसायीलाई अगाडि बढाउन सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरु बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । यस मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ ।

नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।

चार दिनसम्म संचालन गरिएको पुष्प व्यापार मेलाको २०७५ चैत्र १० गते FAN का अध्यक्ष कुमार कसजु श्रेष्ठले मेला सफल पार्न महत्वपूर्ण सहयोग पु¥याउनु हुने सबै प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै मेलामा सहभागी भएकाहरुलाई प्रमाण–पत्र बितरण गरि समापन गर्नु भएकोे थियो ।

3rd International Flora Expo 2017: kicks off

30 Mar 2023

२०५१ सालबाट FAN ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएकोमा यस बर्ष नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले २०७३ चैत्र १७ गते देखि २० गते सम्म “शान्ती, सम्बृद्धि र स्वच्छ वाताबरण लागि पुष्प व्यवसाय” भन्ने मुख्य नाराका साथ घचम क्ष्लतभचलबतष्यलब िँयिचब भ्हउय द्दण्ज्ञठ को आयोजना भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा सफता पुर्वक सम्पन्न गरेको छ ।
तेस्रो अन्तराष्ट्रिय तथा २० औं फ्लोरा एक्स्पो २०७३ को प्रमुख अथिती सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन “पासाङ्ग”ज्यूबाट २०७३ चैत्र १७ गते बिहिबार बिहान ११ एक औपचारिक कार्यक्रम बिच पानसमा दिप प्रज्वलन गरी मेलाको समुदघाटन गर्नुृ भएको थियो ।

पुरस्कृत नर्सरी व्यवसायीहरु
फूल बिरुवाहरुको बिबिध बिधामा चैत्र १७ गते बिहान ८.०० बजे स्वच्छ प्रतिस्पर्धा गराई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट स्टल खड्का नर्सरी, महारजगँज, काठ्माण्डौं
उत्कृष्ट ल्याण्डस्केप सिबपुरी नर्सरी, बुढालिनकण्ठ, काठमाण्डौं
उत्कृष्ट मौसमी फूल अजिमा नर्सरी, कुलेश्वर काठ्माण्डौं
उत्कृष्ट आलंकारिक बिरुवा ईण्द«ेणी फ्लोरा फार्म, भक्तपुर
उत्कृष्ट फूल्ने बिरुवा सृजना फ्लावर नर्सरी, सानेपा ललितपुर
उत्कृष्ट पुष्प सजावट डिजाईन फ्रेस फ्लावर सप, कमलादी, काठमाण्डौ
उत्कृष्ट कट फ्लावर रोज फ्लोरा फ्रेण्डस् , थली, काठ्माण्डौं
उत्कृष्ट कट फ्लावर कार्नेशन नवसेवा नर्सरी, गोदावरी , ललितपुर
उत्कृष्ट कट फ्लावर जरवेरा युनिक फ्लोरा फार्म, काभ्र्रे
उत्कृष्ट कट फ्लावर ग्लाडिओलस ईण्द«ेणी फ्लोरा फार्म, भक्तपुर
कदर पत्र बितरण – मर्हजन नर्सरी, वालुवाटार, काठ्माण्डौ

उत्कृष्ट मौसमी फूल, उत्कृष्ठ फूल्ने बिरुवा, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर रोज, उत्कृष्ट कट फ्लावर कार्नेशन, उत्कृष्ट कट फ्लावर जरवेरा, उत्कृष्ट कट फ्लावर ग्लाडिओलस तर्फ बिजयी नर्सरीलाई सिल्ड तथा प्रमाण पत्रका साथै पाँच पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टल र उत्कृष्ट ल्याण्डस्केप तर्फ बिजयी हुने नर्सरीहरुलाई सिल्ड तथा प्रमाण पत्रका साथै दश दश हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

दैनिक गतिबिधि
२०७३ चैत्र १७ गते बिहीबार बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो चैत्र २० गते आईतबार ४ दिनसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्थ अधिकारीज्यूहरु साथै स्वदेश तथा बिदेशी दर्शकहरुबाट अवलोकन भएको थियो ।
व्यापाक प्रचार प्रसारका साथै सबैको सहयोग रहेको कारण दर्शकहरुको उपस्थिती उल्लेख्य रहेको थियो । मेला आयोजनाको प्रथम दिन बिहिबार मात्र करिब १५ हजार भन्दा बढिले अवलोकन गरेको थियो । मेलाको दोस्रो दिन चाईनिज राजदुतद्वारा पनि पुष्प मेलाको अवलोकन गर्नु भएको थियो । उक्त मेलामा अवधि भरिमा लगभग ६६ हजार भन्दा बढि दर्शकहरुबाट मेला अवलोकन भएको थियो । प्राय सबै दिन दर्शकको उपस्थिती उल्लेख्य रहेको थियो । दर्शकको बाक्लो उपस्थितीसंगै फूल तथा बोट बिरुवाहरुको बिक्री बितरण पनि उत्तिकै मात्रामा भएको थियो । चार दिनसम्म संचालन भएको मेला अवधि भरि झण्डै करिब ७३ लाखसम्मको व्यापारीक कारोबार भएको अनुमान गरिएको छ । हरेक बर्ष आयोजना हुने मेलामा दर्शकहरुको आकर्षण बढिरहेको र सबै खाले दर्शकको उपस्थिती उत्तीकै रहेको पाईएको छ । बालबच्चा, युवायुवाती देखि बृद्ध बृद्धाहरु सबैको उत्तिकै उपस्थिती रहनुमा पुष्प प्रति मानिसहरुको चासो दिन प्रति दिन बढदो रहेको आभास भएको थियो ।

मेलाको आकर्षणहरु

  • ४५० भन्दा बढि प्रकारका आलंकारिक, मौसमी फूल विरुवा प्रदर्शन तथा बिव्रmी भएको ।
  • स्वादेश तथा बिदेशका विभिन्न पुष्प व्यवसायी, नर्सरीहरुको उत्पादन सहित जमघट रहेको ।
  • विभिन्न प्रकारका मौसमी फूल विरुवाहरु, बिभिन्न प्रकारका कृषि औजारहरु, फूल बिरुवालाई आबश्यक पर्ने मल तथा सजावटका सामाग्रीहरुको प्रदर्शनी तथा बिव्रmी बितरण रहेको ।
  • ६ वटा राष्ट्रको पुष्प व्यवसायीहरुको सहभागीता रहेको ।
  • पुष्प सजावट तथा घर आँगन बगैचा सजाउने तरिकाको प्रदर्शन तथा प्रतियोगिता भएको ।
  • पुष्प खेती प्रबिधीको आदान प्रदान भएको ।

उपलब्धि

  • ४५० भन्दा बढि पूmल, बिरुवाहरुको व्यवसायीक प्रदर्शनी ।
  • ६६ हजार दर्शकहरुद्वारा मेलाको प्रत्यक्ष अबलोकन गरेको ।
  • करिब ७३ लाखसम्मको व्यवसायीक कारोबार भएको ।
  • पुष्प प्रेमी जनसाधारणलाई एकै छानोमुनी प्रचुर मात्रामा पूmल बिरुवाको खरिद बिक्री, सूचना तथा अवलोकन गर्ने अवसर उपलब्ध गराउन सफल भएको ।
  • पुष्प सम्बन्धि सुचना तथा प्रबिधिको आदान प्रदान ।
  • संयुक्त र समुहगत लगानीको अवसरको खोजी र व्यवसायीक पहल ।
  • पुष्प भित्र बिकासित प्रजाती एवं त्यसको खेती प्रबिधी सम्बन्धमा प्रत्यक्ष अन्तरकृया गराउन सफल ।
  • पुष्प व्यवसायी तथा सरकारी पदाधिकारीहरु बिच पुष्प आयात निर्यात सम्बन्धि अन्तरकृया गराउन सफल
  • ६ वटा राष्ट्रका ९९ वटा स्टलमा पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवा तथा आधुनिक खेती प्रबिधीको प्रशर्दनी

यस मेलाले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिव्रmेता खुद्रा विव्रmेता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार पुष्प व्यवसायीलाई अगाडि बढाउन सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरु बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । यस मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ ।

६ वटा राष्ट्र नेपाल, भारत, चिन, बंगलादेश, साउथ कोरिया र श्रीलंकाका पुष्प व्यवसायीहरुको उपस्थिती रहेको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ ले पुष्प उद्योगलाई थप उचाईमा पु¥याएको र पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेलाले सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, कम्पोष्ट मल फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्र, ईज्रायली प्रबिधीमा आधारित सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, ग्रीनहाउस, पोलीहाउस, ग्ख् प्लाष्टिक आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको थियो । हरेक बर्ष भिजिटरहरुको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको छ ।

नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।

मेला समापन
चार दिनसम्म संचालन गरिएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोको २०७३ चैत्र २० गते FAN का अध्यक्ष कुमार कसजु श्रेष्ठले मेला सफल पार्न महत्वपूर्ण सहयोग पु¥याउनु हुने सबै प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै मेलामा सहभागी भएकाहरुलाई प्रमाण–पत्र बितरण गरि समापन गर्नु भएकोे थियो ।